images
images

नेशनल लाईफको बोनश शेयर पारित, चुक्ता पुँजी ५ अर्ब नाघ्यो


  • 276
    SHARES
  • २०८० जेठ २२ गते सोमबार

    नेशनल लाईफको बोनश शेयर पारित, चुक्ता पुँजी ५ अर्ब नाघ्यो

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको ८ प्रतिशत बोनश शेयर पारित भएको छ । सोमबार भएको कम्पनीको साधारणसभाले ५ अर्ब चुक्ता पुँजी पुर्याउन उक्त बोनश पारित गरेको हो । 

    कम्पनीले सो बोनश शेयर वापतको कर प्रयोजनाका लागि १ करोड ९५ लाख रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव साधारणसभाबाट पारित गरेको छ । 

    कम्पनीले कूल बीमाशुल्क १५ प्रतिशतले वृद्धि भइ १४ अर्ब ४० करोड रुपैयाँ पुगेको जनाएको छ । त्यस्तै, कूल लगानी १९.८५ प्रतिशतले वृद्धि भएर ४७ अर्ब ३ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । जीवन बिमा कोष २०.८४ प्रतिशतले बृद्धि भई ५० अर्ब ८० करोड रुपैयाँ पुगेको छ । 


    images
    images

    Logo