images
images

आइतबार जबरजस्ती बढाइएको शेयर बजार दोस्रो दिन नै घट्यो


  • 238
    SHARES
  • २०८० जेठ २२ गते सोमबार

    आइतबार जबरजस्ती बढाइएको शेयर बजार दोस्रो दिन नै घट्यो

    काठमाडौं । शेयर बजारको सन्दर्भमा बजेटमा गरिएका व्यवस्थाका सन्दर्भमा आएको आशंकासँगै घटेको शेयर बजार आइतबार अस्वभाविक रुपमा बढाइयो । अर्थ मन्त्रालयसँग सहमति भएको हल्लासँगै आइतबार  बजार परिसूचक ५० भन्दा बढीले वृद्धि भएको थियो । तर, कृतिम रुपमा बढाइएको जस्तो देखिएको आइतबारको अवस्थालाई पु्ष्टि गर्दै सोमबार बजारले ओरालो दिशा लिएको छ ।

    सोमबार बजार १७.३८ अंकले घटेर १ हजार ९ सय १ दशमलव ९९ अंकमा झरेको छ । बजारमा आज १६६ वटा कम्पनीको मूल्य घट्दा ४६ वटा कम्पनीको मूल्य बढेको छ । ८ वटा कम्पनीको मूल्य भने आज स्थिर रहेको छ । 

    बजारमा आज १ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।


    images
    images

    Logo