काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको लागि राय सुझाव माग गरेको छ । मौद्रिक नीतिको तयारी गरिरहेको राष्ट्र बैंकले सर्वसाधारण तथा सरोकारवालबाट सुझाव मागेको हो । सोमबार एक सुचना जारी गर्दै असार १० गतेभित्र सुझाव माग गरेको छ ।
बैंकले जारी गरेको सुचनामा भनिएको छ ‘ नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा ब्यवस्था भएबमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकोमा आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिसँग सम्बन्धित आफ्ना राय/सुझावहरु यस बैंकको आर्थिक अनुसन्धान विभागको देहायको ठेगानामा २०८० असार १० भित्र उपलब्ध गराई दिनुहुन अनुरोध छ ।’
राष्ट्र बैंकले सरकारले ल्याएको बजेटको लक्ष्य कायम गर्नेगरि हरेक बर्ष मौद्रिक नीतिको समिक्षा ल्याउने गरेको छ ।
