काठमाडों । नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवाका लागि सिफारिस गरेको छ । सोमबार बसेको बढुवा समितिको बैठकले ४६ जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
यसअघि प्रहरी नायव उपरीक्षक डीएसपीहरु प्रहरी उपरीक्षक एसपीमा बढुवा भएसँगै रिक्त रहेको पदमा बढुवा हुन लागेको हो ।
यसरी बढुवा सिफारिसमा पर्नेमा रञ्जन अवा, कमल बेल्बासे, यम कुमार श्रेष्ठ, एलिजा गिरी, कमलराज पण्डित, चेतना पोख्रेल, रमेश कुमार श्रेष्ठ, सुधिर राई, अनमोल खड्का, सुरक्षा के.सी, निशान थापा, बेद बहादुर पौडेल, सुर्य बहादुर बोगटी, प्रकाश बढाथोकी, सुवास भट्ट, नवराज ढुंगेल, चक्र बहादुर मल्ल र रघुसिंघ विष्ट रहेका छन् ।
त्यस्तै, विकास बम, राजेशराज पुरी, ईश्वरी प्रसाद भण्डारी, हरिप्रसाद पौडेल, दिपेश बस्याल, मुक्तिनाथ सापकोटा, मिङमा शेर्पा, ज्ञानबहादुर खड्का, विनोद कुमार सुनुवार, दयाकृष्णा भट्ट, कमल बजगांई, रुपा थापा, टेक वहादुर रावत, बीरेन्द्र कुमार पासवान, विकास थापा, जिवन निरौला, निरञ्जन भट्टराई, शुभ्रदा लामा वाइबा, दिपक कुमार साह, केशर कुमार न्यौपाने, चन्द्र बहादुर थापा, अनिल ठकुरी, खग्रन्द्र धमला, प्रकास जुवेगु, रिपेन्द्र कमार, राम कुमार राई, शंकर पोखरेल र लक्ष्मी खनाल रहेका छन् ।







