images
images

नागरिकताबारे सदनमा प्रधानमन्त्रीले के भने ?


  • 372
    SHARES
  • २०८० जेठ २२ गते सोमबार

    नागरिकताबारे सदनमा प्रधानमन्त्रीले के भने ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले नेपालमा जन्म लिएका नागरिकले सहज ढङ्गले नागरिकता पाउन् र अनागरिकले नागरिकता नपाउन् भनेका छन् । भारतको भ्रमण सकेर शनिबार फर्किएका प्रचण्डले संसदमा प्रश्नहरुको सम्बोधन गर्दै विदेशीले नेपाली नागरिकता नपाउन् र नेपालीले सहजै नागरिकता पाउन् भन्ने धारणा व्यक्त गरेका हुन् । 

    उनले विदेशी नागरिकले नागरीकता लिई राष्ट्रिय हित र राष्ट्रिय सम्वेदनशील विषयमा कतै गडबड गर्न नपाउन् भनेका छन् । २०६३ मा नै सर्वसम्मतिबाट गरिएको नागरिकता सम्बन्धि निर्णय अहिले गलत भएको भनेर विरोध गर्ननहुने प्रचण्डले बताए । 

    अहिले प्रतिपक्षीले विरोध गरिरहेको नागरिकतासम्बन्धी विधेयकमा उल्लेखित विषयहरु पहिला आफैंले पनि समर्थन गरेको तर आफू सत्तामा नरहेपछि विरोध गरेको कार्य गलत रहेको उनले बताए । 

    नेपालमा जन्म भएर पनि नागरिकता नपाएका र त्यसका कारण उच्च शिक्षा र बैंकीङ कार्य गर्न नसक्ने जस्ता समस्याहरुको समाधान गर्नका लागि नागरिकता विधेयक ल्याएको बताए । 


    images
    images

    Logo