images
images

सार्वजनिक सवारी साधनका लागि विभागले ल्यायो नयाँ नियम, छुट्नुअघि अडियो बजाउनुपर्ने


  • 402
    SHARES
  • २०८० जेठ २२ गते सोमबार

    सार्वजनिक सवारी साधनका लागि विभागले ल्यायो नयाँ नियम, छुट्नुअघि अडियो बजाउनुपर्ने

    काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनका लागि नयाँ नियम ल्याएको छ । सोमबार विभागले यातायात व्यवस्था कार्यविधि निर्देशिका, २०६० संशोधन गर्दै मध्यम तथा लामो दुरीमा चल्ने सवारी साधनका लागि सवारीको व्यवस्थापन, सरसफाइ,  स्वास्थ्य मापदण्डको पालना र चालक र सहचालकको बोली व्यवहारबारे नयाँ नियमहरु बनाएको हो । 

    उक्त नयाँ नियम अनुसार सवारीको भित्री र बाहिरी भागमा सफा राख्नुपर्ने,  सार्वजनिक सवारीको सिट खोल, भूईं, सिसा, पर्दा, सिलिङ अनिवार्य रुपमा सफा राख्नुपर्ने, साधनभित्र धुम्रपान पूर्णरुपमा निषेध गर्नुपर्ने र सार्वजनिक सवारी साधनमा ध्वनी प्रदुषण हुने गरी ठूलो आवाजमा संगीत बजाउन नपाइने लगायतका व्यवस्था रहेको छ । 

    त्यस्तै, मध्यम तथा लामो दुरीमा चल्ने सवारी साधनलाई यात्राको सुरु र अन्तिम विन्दुमा सरकारले तोकेअनुसार यात्रुका लागि जानकारीमुलक अडियो समेत बजाउनुपर्ने भएको छ ।

    yatayat 2.jpg

    त्यसैगरी, चालक तथा सहचालकले नियमित रुपमा व्यक्तिगत सरसफाईमा विषेश ध्यान दिनुपर्ने र चालक तथा सहचालकले यात्रा अवधिभर धुम्रपान तथा मद्यपान सेवन गर्न नपाउने पनि विभागले जारी गरेको सूचनामा उल्लेख छ । 

    yatayat.jpg

     


    images
    images

    Logo