काठमाडौं । कुमारी बैंकको १४ लाख ९० हजार कित्ता संस्थापक शेयर लिलामी विक्रीमा खुला गरेको छ । बैंकले एक सुचना १४ लाख ९० हजार संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको हो ।
यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा बोलकबाेल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा जेठ २९ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।