काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज उक्त ऐन तत्काल लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका नागरिकता विधेयक तत्काल कार्यान्वयन अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। यो सँगै नागरिकता सम्बन्धी कानुन अनुसार नागरिकता वितरण रोक्नुपर्ने भएको छ ।
साथै, सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाएको छ।