images
images

ओडिसा रेल दुर्घटना : ‘दुर्घटनाको कारण र जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौं’


  • 246
    SHARES
  • २०८० जेठ २१ गते आइतबार

    ओडिसा रेल दुर्घटना : ‘दुर्घटनाको कारण र जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौं’

    नयाँ दिल्ली । भारतका रेलमन्त्री अश्विनी वैश्णवले भरखरै ओडिशामा भएको रेल दुर्घटना र  दशकौं देखि हुँदै आएका यस्ता अन्य दुर्घटनाका कारण पहिचान भएको बताएका छन् ।  

    ‘यस्ता भयानक दुर्घटनाका कारण र कारकहरू पत्ता लागेका छन् तर अनुसन्धान नसकिदै त्यो सार्वजनिक गर्नु उचित हुँदैन ।’ मन्त्रीले भने।  
     
    ‘हामीले दुर्घटनाको कारण र यसका पछाडिका जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौ,’ भारतका रेलमन्त्री अश्विनी वैष्णवले समाचार एजेन्सी एएनआईलाई भनेका छन् ।  

    विद्युतीय सङ्केत र अन्य विभिन्न कुराहरू यसका पछाडि  जिम्मेवार छन् तर त्यसको विस्तृत विवरण अहिले सार्वजिनक गर्नु नहुने उनको तर्क छ ।  


    images
    images

    Logo