काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो ।
बैंकले २८ दिनको लागि ८ अर्बको ट्रेजरी विल जारी गर्ने भएको छ जसमा ५ अर्बको नयाँ जारी गर्न लागेको हो । त्यस्तै, ९१ दिनको लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरकोे ट्रेजरी विल जारी गर्ने भएको छ भने १८२ दिनको लागि १० अर्बको ट्रेजरी विल जारी गर्ने भएको छ ।
त्यस्तै, ३६४ दिनको लागि ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । उक्त ट्रेजरी विल २८ दिनको असार १९ गते परिपक्क हुनेछ भने ९१ दिनको भदौ १९ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको मंसिर १९ गते परिपक्क हुनेछ भने ३६४ दिनको २०८१ जेठ २२ गते परिपक्क हुनेछ ।
यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।



