काठमाडौं । चन्द्रागिरी नगरपालिका ४ थानकोटमा ट्रकको ठक्कर दिँदा मोटरसाइक चालकको मृत्यु भएको छ ।
शनिबार दिउँसो ना.५ ख ५३२२ नम्बरको ट्रकले प्र.३-०२-००१ प ८८२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ गल्छी घर भएका ३७ वर्षीय गोबिन्द प्रसाद अधिकारीको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमासवार १ जनाको न्यूरो अस्पताल बासबारीमा उपचार भइरहेको छ ।
ट्रक चालकलाई प्रहरीलेनियन्त्रणमा लिएको छ ।