काठमाडौं । सरकारले सार्वजनिक सवारी साधन तथा भाडाका सवारीसाधनको नवीकरण शुल्क बढेको छ । आर्थिक विधेयक २०८० को ऐनमा संसोधन तथा परिमार्जन गर्दै भाडाका सवारीसाधनको नवीकरण शुल्क ५ सयदेखि ३ हजार रुपैयाँसम्मले बढाइएको छ ।
कार, जिप, भ्यान र माइक्रो बसहरुले १३०० सय सीसीसम्म प्रति सवारी साधनले ५ हजार ५०० रूपैयाँ कर बुझाउनुपर्नेछ । त्यस्तै, १३०१ सय २००० सीसीसम्मका साधनहरुका लागि ६ हजार रुपैयाँ तोकिएको छ ।
त्यस्तै, २००१ सय सीसीदेखि २९०० सीसीसम्म साधनलाई ६ हजार ५ सय रुपैयाँ तोकिएको छ भने २९०१सीसीदेखि ४००० सीसी सम्मका सवारीका लागि ८००० र ४००१ सीसीदेखि माथि सबै साधनका लागि ९ हजार रुपैयाा नवीकरण शुल्क तोकिएको छ ।
मिनी ट्रक, मिनी बस र पानी ट्याङ्कर ८ हजारर रूपैयाँ पुर्याइएको छ। ट्रक बसको ८ हजारबाट बढाएर १० हजार ५ सय पुर्याइएको छ। अटो रिक्सा र टेक्टरको दुई हजारबाट बढाएर २५ सय पुर्याइएको छ। डोजर, एक्साभेटर, लोडर, रोलर, क्रेन जस्ता मेशिनरी उपकरणमा वार्षिक नविकरण शुल्क १२ हजार रहेकोमा १५ हजार ५ सय पुर्याइएको छ।



