images
images

भक्तपुरमा राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने


  • 432
    SHARES
  • २०८० जेठ २० गते शनिबार

    भक्तपुरमा राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

    भक्तपुर । भक्तपुरमा राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०८० आयोजना हुने भएको छ । ओम सृजनशिल समाजको आयोजनामा हुने प्रतियोगिता जेठ २७ गतेदेखि सञ्चालन हुनेछ । 

    सूर्यविनायक नगरपालिका वडा नं। ४ दधिकोट हर्षचोकमा भक्तपुर जिल्ला खेलकुद विकाश समिति र सूर्यविनायक नगरपालिकाको समन्वयमा प्रतियोगीता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक पेशल आचार्यले जानकारी दिएका छन् । 

    प्रतियोगितामा पहिलो हुने टिमलाई ५० हजार रुपैया पुरस्कार प्रदान गरिने छ । त्यसैगरी दोश्रो हुने टिमलाई २५ हजार र तेश्रोलाई १५ हजार रुपैया पुरस्कार प्रदान गरिने संयोजक आचार्यले जानकारी दिए ।  तीन दिनसम्म चल्ने प्रतियोगितामा मुलुकभरका २० टिमको सहभागिता रहने छ ।

    समाजका अध्यक्ष अर्जुन केसी खेलकुदको माध्यमबाट समाजमा सकारात्मक प्रभाव पर्ने र परिर्वतनकोलािग सहयोग पुग्ने अपेक्षाका साथ प्रतियोगिता गर्न लागेको बताए ।


    images
    images

    Logo