भारतको ओडिशा राज्यको बालासोर जिल्लामा भयानक रेल दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि २ सयभन्दा बढीको मृत्यु भएको छ ।
भारतीय सञ्चार मध्यमका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किए सो दुर्घटना हुन पुगेको जनाएको छ ।
एनडीटीभीका अनुसार दुर्घटनामा २०७ जनाको मृत्यु भएको छ भने करिब ९ सय जना घाइते भएका छन् । दुर्घटना शुक्रबार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजारस्टेसननजिकै भएको हो ।
भारतका रेलमन्त्री अश्विनी वैष्णव आफैं दुर्घटनास्थल पुगेका छन् । उनले ट्वीट गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।