images
images

१० प्रतिशतलाई निःशुल्क उपचार नगर्ने अस्पताल कारवाहीमा पर्ने


  • 300
    SHARES
  • २०८० जेठ १९ गते शुक्रबार

    १० प्रतिशतलाई निःशुल्क उपचार नगर्ने अस्पताल कारवाहीमा पर्ने

    काठमाडौं । दश प्रतिशत नागरिकहरुको निःशुल्क उपचार नगर्ने अस्पतालहरु कारबाहीमा पर्नेे स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चेतावनी दिएका छन् । शुक्रबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमन गर्दै उनले आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क उपचार गर्न निर्देशन दिएका हुन् ।  

    अस्पताल सञ्चालनको स्वीकृति लिँदा गरेको सम्झौता अनुरुप १० प्रतिशत निःशुल्क उपचार गर्न निर्देशन दिए । साथै विपन्न नागरिकलाई निःशुल्क उपचार गरेको विवरण समेत उनले अस्पतालसँग मागेका छन् ।

    अनुगमनका क्रममा उनले सम्झौताअनुसारका सेवा नदिएका अस्पताललाई कानुनी परिधिभित्र रहेर कारवाही गर्ने बताए । मन्त्री, सांसद वा नेताहले सिफारिस गर्दा बेड पाउने, नभए नपाउने अवस्थाको अन्त्य गर्ने समेत उनले बताए ।


    images
    images

    Logo