काठमाडाैं । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बा १ झ ७४६७ नम्बरको स्कारपियो गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोसीमा खस्दा तीन कर्मचारी बेपत्ता भएको प्रहरीले जनाएको छ।
गाडीचालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। उनका अनुसार गाडीमा सिटिइभिटीका निर्देशक कृष्ण केसी, यमप्रसाद भुर्तेल र प्राविधिक अधिकृत भानु पौडेलसहित ४ जना सवार थिए । स्थानीय र प्रहरी टोलीले उनीहरूको खोजी गरिरहेको छ ।