काठमाडौं । अब विदेशबाट नेपाल फर्किँदा सुन, मदिरा लगायतका सामानमा भन्सार नलाग्ने भएको छ । अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै भन्सार महसुल लाग्ने र छुट हुने सामानबारे बताएको हो ।
अन्य देशबाट नेपाल फर्किँदा पुरुषले २५ ग्राम र महिलाले ५० ग्राम सुन भन्सार नतिरी ल्याउन पाउने भएका छन् । त्यस्तै, एक लिटरसम्मको मदिरामा पनि भन्सार तिर्न नपर्ने सूचनामा उल्लेख गरिएको छ ।
त्यस्तै, ट्याब्लेट वा ल्यापटप वा डेक्सटप कम्प्युटर, घडी, क्यामेरा, भिडियो क्यामेरा र सेलुलर मोबाइल एक एक थान ल्याउँदा भन्सार तिर्न नपर्ने जनाइएको छ ।