काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
बिहीबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १२ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ४ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।