images
images

अतिरिक्त हुलाक खारेजीको निर्णय बदर गर्नुपर्ने माग


  • 251
    SHARES
  • २०८० जेठ १८ गते बिहीबार

    अतिरिक्त हुलाक खारेजीको निर्णय बदर गर्नुपर्ने माग

    काठमाडौं । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएशनले सरकारले बजेट वक्तव्यमार्फत प्रस्तुत गरेको नेपाल अतिरिक्त हुलाक खारेजीको निर्णय बदर गर्नुपर्ने माग गरेको छ । 

    एशोसिएशनले यहाँ आज पत्रकार सम्मेलन गरी सरकारले आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्यको बुँदा नं ३७४ मा उल्लिखित अतिरिक्त हुलाक खारेज गर्ने भन्ने निर्णय्रप्रति आपत्ति जनाउँदै निर्णय बदर गर्न अनुरोध गरेको हो । 

    “सकाम छँदा भाँडो र काम नहुँदा ठाँडो भने जस्तो प्रवृत्ति सरकारले देखाएको छ, यसप्रति सम्पूर्ण कार्यरत कर्मचारीको तर्फबाट एशोसिएशन खेद प्रकट गर्दछ, समयसापेक्ष अतिरिक्त हुलाकको स्तरोन्नति र आधुनिक व्यवस्थापन गर्नुको सट्टा खारेजीको निर्णयले संस्थामा आबद्ध कर्मचारीलाई थप आन्दोलित बनाएको छ”, विज्ञप्तिमा भनिएको छ । 


    images
    images

    Logo