काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ ।
आईओसीले बिहीबार पठाएको नयाँ मूल्य अनुसार २ रुपैयाँ ४ पैसा तथा डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको छ । हवाई इन्धनको मूल्य भने प्रतिलिटर ७ रुपैयाँ घटेर अएको छ ।
हाल निगम पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ तथा डिजेल १ सय ५५ रुपैयाँमा कायम रहेको छ । नयाँ मूल्यसूची अनुसार निगमलाई अब पेट्रोलमा प्रतिलिटर १३ र डिजलमा प्रतिलिटर १५ रुपैयाँ नाफा हुनेछ