images
images

चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण


  • 283
    SHARES
  • २०८० जेठ १८ गते बिहीबार

    चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण

    काठमाडौं । कञ्चनजङ्घा हिमालमा चार विदेशीसहित १४ जनाले आज सफल आरोहण गरेका छन् । आरोहण गर्नेमा अमेरिकाका आना गुट्टु, ताइवानका तारेन्स र ग्रेस, फ्रान्सका आलेस्टर रहेका छन् । उनहरू एलाइट एक्सपिडिसनबाट आरोहणका लागि गएका थिए ।

    यस्तै युक्ता, फुर्सना, तेज, मिङमार, दावा याङजोम, ङिमा, पासाङ दोर्जी, ङिमादावालगायतले समेत आरोहण गरेको कम्पनीका प्रबन्धक मिङ्मा डेभिड शेर्पाले जानकारी दिए । उनका अनुसार आरोहीहरू सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कञ्चनजङ्घा गएका थिए । यसअघि एक विदेशी र दुई नेपाली गरी तीन जनाले सफल आरोहण गरेका थिए ।


    images
    images

    Logo