images
images

हिमालयन लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल 


  • 396
    SHARES
  • २०८० जेठ १८ गते बिहीबार

    हिमालयन लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल 

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौत बुधबार सम्पन्न भएको थियो ।

    उक्त सम्झौतामा हिमालयन लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण तथा प्रभुक्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

    युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड एक आसपमा मर्ज भई हिममालय लाईफ इन्स्योरेन्स लिमिटेड कायम भई वैशाख २६ गते बाट संयुक्त कारोबार सुरु भएको छ ।


    images
    images

    Logo