images
images

प्रधानमन्त्री दाहाल र नरेन्द्र मोदीबीच भेटवार्ता शुरु, के-के छ कार्यक्रम ?


  • 275
    SHARES
  • २०८० जेठ १८ गते बिहीबार

    प्रधानमन्त्री दाहाल र नरेन्द्र मोदीबीच भेटवार्ता शुरु, के-के छ कार्यक्रम ?

    नयाँ  दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । 

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको हो । 
     
    सुरुमा प्रधानमन्त्रीस्तरमा छलफल हुने र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । त्यस लगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । 

    दुई देशका प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलन  आयोजना गर्नेनेछ । प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै दिवा भोज आयोजना गर्नेछन् ।


    images
    images

    Logo