काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो ।
बुधबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कायम भएको छ । यसअघि सुनको उच्च मूल्य १ लाख १२ हजार रुपैयाँमा कायम भएको थियो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कायम भएको छ ।