काठमाडौं । सनराइज बैंकको १ लाख संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी लिलादेबी खनालको नाममा रहेको १ लाख २२ हजार ४५ कित्ता संस्थापक शेयर विक्रीमा गर्ने भएको हो ।
इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई इच्छुक संस्थापक शेयरधनीले सुचना प्रकाशन भएको मितिले ७ दिन भित्र केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेकोले अन्य व्यक्तिलाई विmत्री गर्ने लागेका बैंकले जनाएको छ ।