काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ ।
विहीबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६६ पैसा कायम रहेको छ । बुधबार डलर १ सय ३२ रुपैयाँ ६४ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४१ रुपैयाँ ३ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ६७ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६३ रुपैयाँ २८ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ ०२ पैसा रहेको छ।
