images
images

कर्णालीका ७९ वटा स्थानीय तहलाई झण्डै २७ अर्ब बजेट


  • 226
    SHARES
  • २०८० जेठ १७ गते बुधबार

    कर्णालीका ७९ वटा स्थानीय तहलाई झण्डै २७ अर्ब बजेट

    काठमाडौं । सङ्घीय सरकारबाट कर्णालीका स्थानीय तहले झण्डै २७ अर्ब बजेट पाएका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारले प्रस्तुत गरेको बजेटमा कर्णालीका ७९ वटा स्थानीय तहलाई कुल २६ अर्ब ९७ करोड ९३ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । 

    जिल्लागत रुपमा हेर्दा सुर्खेतका स्थानीय तहले सबैभन्दा बढी बजेट पाएका छन् । सुर्खेतका ९ स्थानीय तहका लागि रु चार अर्ब ८८ करोड ३२ लाख बजेट बिनियोजन गरिएको छ । मुगुका कुल चार स्थानीय तहलाई १ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बजेट छुट्याइएको छ । 

    सङ्घीय सरकारबाट दैलेखका ११ स्थानीय तहलाई ३ अर्ब ७१ करोड ४८ लाख रुपैयाँ, जाजरकोटका सात स्थानीय तहलाई २ अर्ब ६५ करोड ६५ लाख रुपैयाँ, कालिकोटका ९ स्थानीय तहलाई २ अर्ब ७५ करोड १३ लाख रुपैयाँ र हुम्लाका सात स्थानीय तहलाई १ अर्ब ७१ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ । 

    साथै जुम्लाका आठ स्थानीय तहलाई २ अर्ब ३७ करोड २२ लाख रुपैयाँ, डोल्पाका आठ स्थानीय तहलाई १ अर्ब ८४ करोड ७१ लाख रुपैयाँ, सल्यानका १० स्थानीय तहलाई ३ अर्ब ४१ करोड ९३ लाख रुपैयाँ र रुकुमपश्चिमका छ स्थानीय तहलाई २ अर्ब २२ करोड ६३ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । 

    सङ्घीय सरकारले समानीकरण अनुदान, सर्शत अनुदान, विशेष अनुदान र समपुरक अनुदान शीर्षकमा बजेट दिएको हो ।

     


    images
    images

    Logo