काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो ।
मंगलबार प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य १ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कायम भएको छ । यसअघि सुनको उच्च मूल्य १ लाख ११ हजार ८ सय रुपैयाँमा कायम भएको थियो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कायम भएको छ ।