काठमाडौं । सिटिजन्स बैंकले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी तारा विष्टको नाममा रहेको कुल ११ लाख कित्ता शेयर विक्री गर्न लागेको हो ।
उक्त शेयरको मूल्य न्युनतम १ सय ३५ रुपैयाँ तोकिएको छ । उक्त शेयर खरिद गर्न चाहाने संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आइपुग्नेगरी आवेदन दिन बैंकले अनुरोध गरेको छ ।
साथै, तोकिएको समयमा पूर्ण रुपमा आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।