काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनसहित २३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । कार्यालयले बुधबार सूचना जारी गर्दै उक्त कम्पनीहरुलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।
ती कम्पनीहरुलाई कार्यालयले काममा लापरबाही, गुणस्तरहीन काम भएको र ढिलासुस्ती गरेको भन्दै कालोसूचीमा राखेको छ । जसमध्ये कलेज अफ इम्प्लोइमेन्ट प्रा। लिलाई ३ वर्षको लागि कालोसूचीमा राखिएको छ भने पप्पु कोशी एन्ड न्यौपाने जे।भी।, नयाँ बानेश्वर, काठमाडौँ,पप्पु कन्स्ट्रक्सन प्रा.लि, कोशी एन्ड न्यौपाने निर्माण सेवा प्रा. लि लाई २ वर्षको लागि कालोसूचीमा राखिएको छ ।
बाँकिलाई भने १ वर्ष ६ महिनादेखि १ वर्षसम्मका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । कार्यालयले आजैदेखि लागु हुनेगरि उक्त कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा राखिएको अवधिभर यी कम्पनीले सार्वजनिक निकायको खरिद कार्यमा सहभागी हुन पाउने छैनन् ।





