काठमाडौं । रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मंगलबार उक्त रिट दर्ता भएको हो ।
शारदा कडायतले राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद, गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी बनाएर उक्त रिट पेश गरेकी छिन् । सो रिटमाति बुधबार पेशी तोकिएको छ ।
शारदाले राष्ट्रपतिको निर्णय खारेज गरेर रेशम चौधरीलाई पुरै कैदको माग गरेकी छन् । उनी टीकापुर घटनामा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी हुन् ।