images
images

प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीविरुद्ध उजुरी  आह्वान


  • 262
    SHARES
  • २०८० जेठ १६ गते मंगलबार

    प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीविरुद्ध उजुरी  आह्वान

    काठमाडौं । संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस भएका कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिन आह्वान गरेको छ ।

    समितिका ज्येष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर राणाको अध्यक्षमा आज सिंहदरबारमा बसेको बैठकले उजुरी    दिन  आह्वान गर्ने निर्णय गरेको हो । उजुरी दर्ता वा इमेलबाट पनि पठाउन सकिने जनाइएको छ । कायममुकायम प्रधान न्यायाधीश कार्कीविरुद्ध उजुरीका लागि १० दिनको समय दिइएको छ ।

    गत वैशाख २५ गते संवैधानिक परिषदले उनलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । 

    प्रधानन्यायाधीशको पद करिब १५ महिनादेखि रिक्त छ । बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको पनि उपस्थिति थियो । बैठकले सुनुवाइ समिति कार्यविधिसमेत पारित गरेको छ ।


    images
    images

    Logo