images
images

धादिङमा भिरबाट लडेर गर्भवती महिला र २ वर्षीय बालकको मृत्यु


  • 197
    SHARES
  • २०८० जेठ १६ गते मंगलबार

    धादिङमा भिरबाट लडेर गर्भवती महिला र २ वर्षीय बालकको मृत्यु

    काठमाडौं । धादिङ जिल्लाको बेनिघाट रोराङ गा पा २ मासखर्कमा भिरबाट लडेर १ गर्भवती महिला र २ वर्षीय बालकको मृत्यु भएको छ । 

    ८ महिनाकी गर्भवती महिला भिरमा घाँस काट्न जाँदा साथमा गएका २ वर्षीय बालक भिरबाट लडेपछी उद्दार गर्न गएकी १८ वर्षीय अप्सरा चेपाङ पनि करिब ५० मिटर आग्लो भिरबाट लडेकि थिइन् । 

    आग्लो भिरबाट लडेकी उनलाइ करिब ४ घन्टा पछि मलेखु टिचिङ हस्पिटल लगिएको थियो। उक्त हस्पिटलका डाक्टरले आउने बित्तिकै मृत घोषण गरेका थिए । 

    गर्भवती महिलाको पेटमा भएको बच्चाको पनि मृत्यु भइसकेको छ । भिरबाट लडेका अर्को बालकको पनि मृत्यु भएको अस्पतालले जनाएको छ । 


    images
    images

    Logo