images
images

विदेश पढ्न जाने विद्यार्थीले पाउने सटही सुविधामा कर बढ्यो, कति पुग्यो ?


  • 406
    SHARES
  • २०८० जेठ १६ गते मंगलबार

    विदेश पढ्न जाने विद्यार्थीले पाउने सटही सुविधामा कर बढ्यो, कति पुग्यो ?

    काठमाडौं । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा लाग्ने कर बढेको छ । सोमबार संसदमा प्रस्तुत भएको आर्थिक विधेयक २०८० ले शिक्षा सेवा शूल्क बढाएको हो ।

    विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शूल्कवापत विदेशी सटही सुविधा दिँदा त्यस्तो सटही रकममा लाग्ने शिक्षा सेवा शूल्क ३ प्रतिशत पु¥याइएको छ । यसअघि २ प्रतिशत रहेकोमा १ प्रतिशत बिन्दुले बढाएर ३ प्रतिशत पुर्‍याइएको हो ।

    साथै सरकारले शैक्षिक परामर्शदातामार्फत विदेशमा अध्ययन गर्न नो अब्जेक्सन सर्टिफिकेट लिँदा र विदेशी विश्वविद्यालयमा बैंकबाट विदेशी मुद्रा पठाउँदा सम्बन्धित शैक्षिक परामर्श संस्थाको स्थायी लेखा नम्बर अनिवार्यरुपमा उल्लेख गर्नुपर्ने व्यवस्था समेत गरेको छ । 


    images
    images

    Logo