काठमाडौं । सरकारले बागमती, विष्णुमती लगायतकाका नदी किनार क्षेत्रमा रहेका अनधिकृत बस्ती हटाउने घोषणा गरेको छ ।
सोमबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो निर्णय गरेका हुन् ।
अर्थमन्त्री महतले नदि किनारमा बसोबास गर्दै आएका सुकुम्बासीलाई वैकल्पिक व्यवस्था गरेर स्थानीय तहको सहकार्यमा बस्ती हटाउने घोषणा गरेका छन् ।