काठमाडौं । सरकारी कर्मचारीले लिएको सवारी साधन कटौती गर्ने भएको छ ।
सोमबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश शरण महतले सो निर्णय गरेका हुन् ।
महतले सरकारी कर्मचारीलाई सवारी साधन दिँदै आएकोमा सो सेवा कटौती गर्दै नगद नै दिने व्यवस्था गरिएको बताएका छन् ।