काठमाडौं । आगामी वर्षदेखि फागुनभित्रै प्रिबजेट छलफल हुने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो संशोधित अनुमान सार्वजनिक गरेका हुन् ।
यसअघि बजेट अधिवेशन सुरु भएपछि बैशाख अन्तिममा मात्रै प्रिबजेट छलफल हुँदै आएको थियो । ढिलो छलफल हुँदा संसदका आवाज बजेटमा समावेश नहुने गुनासो गरिँदै आएको थियो ।