images
images

भूकम्पले भत्किएका ८८ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न


  • 344
    SHARES
  • २०८० जेठ १५ गते सोमबार

    भूकम्पले भत्किएका ८८ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न

    काठमाडौं ।२०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त निजी आवासमध्ये ८८ प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको छ । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा २०७९ सालफागुनसम्म ८ लाख ३२ हजार ५ सय ८५ लाभग्राही छनोट भएकामा ८८ प्रतिशतले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिएको उल्लेख छ ।

    लाभग्राहीमध्ये ९५ प्रतिशतले दोस्रो किस्ता लिएका छन् । पहिलो किस्ता भने शतप्रतिशत लाभग्राहीले लिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । 

    भूकम्पले भत्किएका पाँच सय सरकारी तथा सार्वजनिक भवनमध्ये चार सय आठको पुनःनिर्माण सम्पन्न भएको छ । आठ वर्षअघिको भूकम्पले भत्किएका १ हजार १ सय ३६ स्वास्थ्य संस्थामध्ये ८ सय ९१ को पुनःनिर्माण सम्पन्न भएको जनाइएको छ ।

     


    images
    images

    Logo