काठमाडौं । आज दिउसो १ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । सो बैठकले आर्थिक वर्ष २०८०र८१ को बजेट पारित गर्ने भएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । यद्यपि, बजेटको अंक भने मन्त्रिपरिषद् बैठकले नै तय गर्ने छ।