images
images

चालु आर्थिक वर्षको फागुनसम्ममा ५ लाख चालकले पाए लाइसेन्स


  • 201
    SHARES
  • २०८० जेठ १४ गते आइतबार

    चालु आर्थिक वर्षको फागुनसम्ममा ५ लाख चालकले पाए लाइसेन्स

    काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म थप ५ लाख २२२  चालकले सवारी चालक अनुमति पत्र पाएका छन्। आर्थिक सर्वेक्षण २०७९/८० को तथ्यांकअनुसार चालु आर्थिक बर्षमा ट्रायल पास भएर बसेका ५ लाख २ हजार २ सय जना चालकले आफ्नो लाइसेन्स पाएका छन्।

    हालसम्म स्मार्ट लाइसेन्स लिनेको संख्या २०७९ फागुनसम्म ३२ लाख ३१ हजार ४ सय ७५ पुगेको छ। २०७९ असारसम्म २७ लाख २९ हजार ४ सय ५३ सवारी चालक अनुमति पत्र प्रिन्ट भएको थियो।

    फागुनसम्ममा थप ५ वटा यातायात व्यवस्था कार्यालय/सेवा कार्यालय  गौर, चितवन, राजविराज, पाल्पा र चौरजहारीका कार्यालयहरु नयाँ हुन्। हाल यस्तो संख्या ३६ वटा पुगेको छ । गत असार मसान्तसम्मा भने ३१ वटा यातायात व्यवस्था कार्यालय, सेवा कार्यालयमा विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणाली लागू भएको थियो ।

    हालसम्म ५१ हजार १९ थान इम्बोस्ड नम्बर प्लेट जडान भएको छ। विभागले यो आर्थिक वर्षमा मात्र १७ हजार निजी तथा सरकारी सवारीमा इम्बोस्ड नम्बर जडान गरेको छ।  इम्बोस्ड नम्बर प्लेट उत्पादन गरी सवारी साधनमा जडान गर्न २०७९ फागुनसम्म २ लाख ५७ हजार ३ सय ९४ इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको छ। २०७९ असारसम्म २ लाख २९ हजार ४ सय ३८ इम्बोस्ड नम्बर प्लेट उत्पादन गरिएको थियो। अघिल्लो आर्थिक वर्षसम्म ३३ हजार ९ सय ७२ थान जडान गरिएको थियो।

     

     


    images
    images

    Logo