images
images

४४ वटा सार्वजनिक संस्थानमध्ये १९ वटा घाटामा


  • 178
    SHARES
  • २०८० जेठ १४ गते आइतबार

    ४४ वटा सार्वजनिक संस्थानमध्ये १९ वटा घाटामा

    काठमाडौं ।  अर्थमन्त्री डा.प्रकाशशरण महतले हाल सञ्चालित कुल ४४ सार्वजनिक संस्थानहरूमध्ये १९ वटा संस्थान घाटामा चलेको बताएका छन् । आइतबार बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा जारी चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा.महतले अधिकांश सार्वजनिक संस्थानहरूको उपलब्धि नदेखिएको बताउँदै त्यस्ता संस्थानहरूलाई निजीकरण वा सार्वजनिक गर्न आवश्यक रहेको बताए । 

    उनका अनुसार नेपाल सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा छन् र सार्वजनिक संस्थानमा सरकारको शेयर तथा ऋण लगानी गत असार मसान्तसम्ममा ६ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ ।

    गत आर्थिक वर्षमा सरकारले सार्वजनिक संस्थानबाट ६ अर्ब १६ करोड रुपैयाँ बराबरको लाभांश लिएको छ । जुन लगानीको एक प्रतिशत बराबर मात्रै हो । 

    “विगतमा सार्वजनिक संस्थानले मुलुकको आर्थिक सामाजिक तथा पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भए पनि समयक्रममा खासगरी सञ्चालन एवम् व्यवस्थापनमा देखा परेका कमि कमजोरीका कारण समग्र वित्तीय स्थिति सन्तोषजनक नरहेको अवस्था छ”, अर्थमन्त्री महतले भने । 

    सोही अवसरमा अर्थमन्त्री डा‍महतले सामाजिक संस्थाहरूलाई निजी क्षेत्रमा रूपान्तरण गरेर चलाइने, निजीकरण गरिने र सार्वजनिक गरिने संस्थाहरूको कार्य प्रणालीको अध्ययन अवलोकन गरी सुधार गर्नुपर्ने देखिएको बताए ।

     


    images
    images

    Logo