काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले कुनै पनि सार्वजनिक संस्थान निजीकरण नगर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभाको वैठकमा उनले घाटामा रहेका वा नरहेका कुनैपनि सार्वजनिकलाई निजीकरण गर्ने उद्देश्य नलिएकोबारे बताएका हुन् ।
हाल नेपालमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये १९ वटा घाटामा चलिरहेका छन् । सेवा पुर्याउँदै नाफा कमाउने उद्देश्यले खोलिएका ती संस्थाहरु सञ्चालन गर्नका लागि मात्रै पनि राज्यले बजेट छुट्याउनुपर्ने स्थिति छ ।
सार्वजनिक संस्थाका लागि राज्यले ६ खर्ब १८ अर्ब लगानी गरेको छ । तर त्यसबाट ६ अर्ब १६ करोड मात्र लाभांश राज्यले लिन सकेको छ ।