images
images

रेशम चौधरीलाई सजाय माफी दिन राष्ट्रपति पौडेलसमक्ष सिफारिस


  • 228
    SHARES
  • २०८० जेठ १४ गते आइतबार

    रेशम चौधरीलाई सजाय माफी दिन राष्ट्रपति पौडेलसमक्ष सिफारिस

    काठमाडौं । सरकारले रेशम चौधरीलाई सजाय माफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नागरिक उन्मक्ति पार्टीका नेता चौधरीलाई माफीको लागि सिफारिस गर्ने निर्णय गरेको हो । साे बैठकले हाल बन्दी जीवन विताइरहेका विभिन्न व्यक्तिहरुलाई पनि आममाफी र कैद मिनाहा हुनेगरी सिफारिस गरेको छ ।

    जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी बन्दीको सजायँ माफ दिने गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजायँ माफ हुने व्यवस्था रहेकाे छ । 

    यसअघि जेठ १२ गते राष्ट्रपति पौडेलले चौधरीको आम माफी प्रचलित कानुन, अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुनबमोजिम गर्न राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेका थिए । 

    टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका छन्। “सोमबार गणतन्त्र दिवस छ, गणतन्त्र दिवसका सन्दर्भमा केही कैदीको बाँकी सजाय माफी गर्ने र ५० प्रतिशत सजाय काटिसकेकाको हकमा जुन निर्णय गर्ने प्रचलन छ, त्यसका निम्ति निर्णय भएको छ । 

    सो घटनामा जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले रेशम चौधरी दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएका थिए । जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतले सो फैसला सदर गरिदिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारी अन्तिम चरणमा पुगेको र सोमबारको मन्त्रिपरिषद्को वैठकले विषयवस्तु (एजेण्डा) को अन्तिम टुङ्गो लगाउनेछ । पत्रकारको एक  प्रश्नमा प्रवक्ता शर्माले भनिन्, “प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा को को जाने भन्ने अहिलेसम्म टुङ्गिएको छैन, भ्रमणका एजेण्डा मन्त्रालयहरुले तयारी गररहेका छन्, त्यो अन्तिम चरणमा पुगिसकेको छ । ऊर्जासँगै सीमा समस्याका कुरा पनि छन्, ती विषयमा छलफल भइरहेको छ, औपचारिक निर्णय भने भएको छैन ।


    images
    images

    Logo