images
images

तातोपानी भन्सारबाट राजस्व सङ्कलन न्यून


  • 241
    SHARES
  • २०८० जेठ १४ गते आइतबार

    तातोपानी भन्सारबाट राजस्व सङ्कलन न्यून

    काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी भन्सारबाट लक्ष्यभन्दा ज्यादै कम राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक लक्ष्य ४ अर्ब ३२ करोड ९५ लाख ७५ हजार रुपैयाँ रहेकामा वैशाखसम्मको असुली २ अर्ब ५४ करोड १४ लाख २ हजार ४ सय ८२ रुपैयाँ सङ्कलन भएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बताए ।

    केसीका अनुसार वैशाखसम्मको लक्ष्य ३ अर्ब ८१ करोड ४५ लाख ७० हजार रुपैयाँ रहेको थियो । हालसम्म ६६.६६ प्रतिशत प्रगति भएको उनले जानकारी दिए । गत वर्षको तुलनामा केही प्रतिशत प्रगति देखिए पनि खासै प्रगति हुन नसकेको उनको भनाइ छ । 

    तातोपानी नाकाबाट २०७२ साल को भूकम्पअघि दैनिक डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो । यसपछि २०७६ जेठ १५ गते पुनः सञ्चालनमा आए पनि सो नाका विभिन्न प्राकृतिक अवरोधले पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।


    images
    images

    Logo