images
images

२ करोड ठगी गरेको आरोपमा जिल्ला  हुलाकका निमित्त प्रमुख पक्राउ 


  • 303
    SHARES
  • २०८० जेठ १४ गते आइतबार

    २ करोड ठगी गरेको आरोपमा जिल्ला  हुलाकका निमित्त प्रमुख पक्राउ 

    बारा । करिव दुई करोड रूपैयाँ ठगी गरेको आरोपमा जिल्ला हुलाक कार्यालय बाराका निमित्त प्रमुख पक्राउ परेका छन् । हुलाक बचत बैंक कलैयामा विभिन्न व्यक्तिका खातामा रहेको करिब दुई करोड रुपैयाँ रकम ठगी गरेको उजुरीका आधारमा प्रमुख बलिरामप्रसाद  कुर्मी पक्राउ परेका हुन  । 

    जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पर्साको बहुदरमाई नगरपालिका–२ घर भएका कुर्मीले देवताल गाउँपालिका–४ निवासी प्रदीपकुमार चौधरीको खाताबाट ३५ लाख ५० हजार ५२६ र उनकी पत्नीको खाताबाट २१ लाख ५३ हजार ८८५ गरी ५७ लाख चार हजार ४११ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

    त्यति मात्र होइन कुर्मीले १३ बचतकर्ताको एक करोड ९५ लाख ३४ हजार ९६६ रुपैयाँ आफ्नो खातामा ट्रान्सफर गरी हुलाकको खाता शून्य बनाएर रकम हिनामिना गरेको पिडितको आरोप छ । 

    महागढीमाई नगरपालिका–२, बरियापुरका ज्ञानप्रकाश रौनियारसहित १३ जनाले जिल्ला प्रहरी कार्यालयमा कुर्मीविरुद्ध किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालयले निमित्त प्रमुख कुर्मीमाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको जनाएको छ ।


    images
    images

    Logo