काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकको संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । उक्त बैठक आज दिउँसो ४ बजे गरि सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि आजको लागि बैठक बोलाइएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।
त्यस्तै, अर्थिक बर्ष २०८०/८१ को नेपाल सरकारको बार्षिक नीति तथा क्रार्यक्रममार्थि प्राप्त संशोधनहरुलाई निर्णयार्थी प्रस्तुत गरिेने कार्यसूची तय भएको छ ।
शुक्रबार एमालेका सांसदले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए ।




