काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।
शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ४३ पैसा कायम रहेको छ । शुक्रबार डलर १ सय ३२ रुपैयाँ ६९ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६२ रुपैयाँ ९७ पैसा र बिक्री दर १ सय ६२ रुपैयाँ ७२ पैसा रहेको छ।
