काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई पाखालगाउँदै साविक गुजरात टाइटन्स आईपिएलको उपाधि नजिक पुगेको छ। आईपिएलको दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै गुजरात फाइनल पुगेको हो। शुभमन गिलको शानदार सतक र मोहित शर्माको कसिलो बलिङको मद्वतमा गुजरातले जित हात पारेको हो ।
हिले ब्याटिङ गरेको गुजरातले दिएको २३४ रनको लक्ष्य पछ्याएको मुम्बई १८.२ ओभरमा अलआउट हुँदै १७१ रनमा समेटियो ।मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ६१ रन बनाए। तिलब बर्माले बिस्फोटक ब्याटिङ गर्दै १४ बलमा ४३ रन तथा क्यामरून ग्रिनले ३० रन जोडे। अन्य कुनै पनि ब्याट्समेनले दोहोरो अंकमा रन बनाउन सकेनन्।
मुम्बईका नेहल वडेरा
पहिलो ओभरमा चार रनमा आउट भएका थिए । तेस्रो ओभरमा कप्तान रोहित शर्मा पनि व्यक्तिगत ८ रनमा आउट भए ।
तिलक वर्माले सूर्यकुमार यादवसँग तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए। यसपछि क्यामरून ग्रीनले चौथो विकेटका लागि सूर्यकुमार यादवसँग अर्धशतकीय साझेदारी गर्दै जितको आशा जिवितै राखेका थिए ।
क्यामरुन ग्रीनले २० बलमा ३० रनको इनिङ खेले। यस्तै, खेलको १५ औं ओभरमा आउट हुनुअघि सूर्यकुमार यादवले ३८ बलमा ६१ रन बनाए। मुम्बईले यसअघि ६ पटक फाइनल खेल्दा प्रतियोगिताकै सर्वाधिक ५ पटक उपाधि जितेको थियो।
गुजरात टाइटन्सका लागि मोहित शर्माले उत्कृष्ट बलिङ गर्दै मुम्बई इन्डियन्सको ५ विकेट लिए। मोहम्मद शामी र राशिद खानले पनि २–२ विकेट लिए।
त्यसअघि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले ३ विकेट गुमाउँदै २३३ रन बनाएको थियो। त्यो आईपिएलको प्लेअफमा बनेको सबैभन्दा धेरै रनको कीर्तिमानसमेत हो।
शुभमन गिलले ६० बलमा १० छक्का र ७ चौकासहित १२९ रन बनाउँदै जितको बलियो आधार तयार गरेका थिए । साही शुदर्शनले ४३ रन बनाउँदा कप्तान हार्दिक पाण्ड्याले २८ रन जोडे। ऋदिमान साह १८ रनमा आउट भएका थिए।
मुम्बईका आकाश माडवाल र पियुल चावलाले १(१ विकेट लिए। जितसँगै गुजरात लगातार दोस्रो वर्ष आईपिएलको फाइनलमा पुगेको छ। आइतबार अहमदाबादमा हुने फाइनलमा गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स भिड्नेछन् ।



