images
images

रेशम चौधरीलाई सजाय माफी दिने प्रस्तावलाई राष्ट्रपतिद्वारा फिर्ता


  • 206
    SHARES
  • २०८० जेठ १२ गते शुक्रबार

    रेशम चौधरीलाई सजाय माफी दिने प्रस्तावलाई राष्ट्रपतिद्वारा फिर्ता

    काठमाडौं । रेशम चौधरीलाई सजाय माफी दिने गृह मन्त्रालयको प्रस्तावलाई राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयमै फिर्ता गरेका छन्। रेशम चौधरीको आम माफी प्रचलित कानुन, अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुनबमोजिम गर्न राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको हाे । 

    टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका रेशमले बाँकी सजाय माफीका लागि दिएको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको थियो ।

    सो घटनामा जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले रेशम चौधरी दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएका थिए । जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतले सो फैसला सदर गरिदिएको थियो ।

     

     


    images
    images

    Logo