काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त र समीट लघुवित्त एक आपसमा मर्जरको लागि स्वाप रेशियो तय भएको छ ।
दुवै कम्पनीको एक आपसमा मर्जर सम्बन्धी प्रयोजनको लागि नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने.गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धी विनियमावली २०७३ को विनिमय ८ बमोजिम गरिएको दुबै संस्थाहरुको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेदन बमोजिम आपसी सहमति अनुसार शेयर आदानप्रदान अनुपात १ः०.७३ रेसियो कायम गरिएको छ ।
यसको अर्थ नेशनल माइक्रोफाइनान्स लघुवित्तमा १ कित्ता शेयर बराबरको समीट लघुवित्तको ०.७३ कित्ता शेयर कायम गर्ने गरी सहमति गरेको हो । सोपश्चात जेठ ११ गते बसेको मर्जर समितिको बैठकले १ः०७३ को अनुपातमा कायम गर्ने निर्णय गरेको हो ।
शेयर स्वाप रेसियोमा यी दुवै कम्पनी मर्जर हुने निर्णय गरेको छ । यी दुवै लघुवित्तबीच गत वर्ष असोज २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । यो मर्जरलाई राष्ट्र बैंकले गत पुस ७ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।




